२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेपाली काङ्ग्रेस नवलपरासीद्धारा प्रतिनिधिसभा विघटन विरुद्धमा विरोध प्रर्दशन

नेपाली काङ्ग्रेस नवलपरासीद्धारा प्रतिनिधिसभा विघटन विरुद्धमा विरोध प्रर्दशन

 

नेपाली काङ्ग्रेस केन्द्रिय कार्य समितिको निर्देशनमा भ्रष्ट र अधिनायकवादि ओलि सरकारले गत पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोक्तान्त्रिक कदमका विरुद्धमा जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमले आज परासी बजारमा कालो माक्स लगाएर विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला सभापति विष्णु प्रसाद पौडेलको अध्यक्षता, केन्द्रिय सदस्य एव्ां पुर्वगृहराज्यमन्त्रि देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा भएको विरोध कार्यक्रममा बोल्दै कण्डेलले प्रधानमन्त्रि ओलीले आफनो पार्टीको भित्रको विवादलाई हल गर्न नसकेर प्रतिनिधी सभा विघटन गरि ठुलो गल्ती गरेको बताउनु भएको छ । उहाले कम्युनिष्टहरुको पार्टीको आपसी विवादलाई लिएर ओलीले सनकको भरमा प्रतिनिधी सभा विघटन गरि देशलाई नै समस्यामा पारेको आरोप लगाउनुभयो । उहाले नेकपाका अर्का अध्यक्ष प्रचण्ड नै नराम्रोसंग केपीको जालमा फसेको बताउदै उहाले भन्नुभयो “पहिला केपीको बानी ब्यहोरा नबुझी एकता गर्नु भयो ।

हौसीयर ढाई वर्षमा केपीले छाडनु पर्ने प्रधानमन्त्रिको पद पनि दिनु भयो । जब ओली स्वश्थ भए तब प्रचण्डलाई आफु ठगिएको महसुस भयो । ” उहाले देशमा बलात्कारका घटना बृद्धि भएको बताउदै कुनै पनि देशमा शासन चलाउनलाई सुसासन, शान्ति सुरक्षाको प्रत्याभुति दिन सकिएन भने हामी विकासको कल्पना साकार नहुने बताउनुभयो । सभालाई सम्बोधन गर्दै जिल्ला सभापति पौडेलले कम्युनिष्टहरुले केहि अनिष्ट गर्दै छन् भन्ने थाहा पाएर नै आफुहरुले २ महिना अघिदेखी आन्दोलन गरिरेहेको र आफुहरुले सोचे अनुसार पुष ५ गते संसद विघटन गरिएको बताउनुभयो । तत् पश्चात विरोधका कार्यक्रमहरु अझ ससक्त रुप्मा अगाडि बढाईएको र आन्दोलन भन्ने कुरा त्यति सहज नभएको हुदा यसलाई सफल पार्न गाउ,नगर र जिल्ला सवै तहबाट सवैको उत्तिकै सहभागिता रहनुपर्ने बताउनुभयो । जिल्ला सभापति पौडेलले सुख दुखको समयमा पार्टीको काममा नआउने कार्यकर्ताहरुको पार्टी कार्यालयले विवरण राखेको र सोहि अनुसार आगामी दिनमा मुल्यांकन हुने बताउनु भयो ।

उहाले सरकारको आपसी झगडाले गर्दा देश डुब्न लागेको साथै ओलि सरकारले संविधान भन्दा बाहिर गएर असंवैधानिक कदमहरु चालेको बताउदै नेपाली कांगे्रस चुनावमा जान डराएको नभई चुनावमा जाने तर त्यो संवैधानिक हुनुपर्ने र सर्वोच्चको फैसाला अनुसार आफुहरु अगाडि बढ्ने बताउदै भन्नुभयो । जिल्ला उपसभापति अनिल कुमार गौडको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्ल्ने अन्य बक्ताहरुले देशमा जति पनि विकास भएको छ त्यो नेपाली कांगे्रसले गरेको दावि गर्दै अव देशलाई निकाश दिने काम पनि नेपाली कांगे्रसले नै गर्ने र नेतृत्वदायि भुमिका पनि नेपाली कांगे्रसले नै गर्ने बताएका छन् ।

नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुलिले नेपाली चेलीहरुको अस्मिता लुटिएको नेपाली कांगे्रसले टुलुटुलु हेर्न नसक्ने हुदा अव आवाज सहित लड्नुपर्ने वेला आएको बताउनुभयो । उहाले महिला राष्ट्रपति भए पछि चेलीको अस्मिता लुटिने क्रम पनि बढेको तर अपराधि पत्ता लागउने काम बर्तमान सरकारबाट नभएको भन्दै खेद व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य बैजनाथ जैसवालले केपि ओलिले गरेका राष्टियताका कुरा धरासायी भएको आरोप लगाउदै नेपालको भुभाग छिमेकी राष्ट्रले कब्जा गरेको टुलुटुलु हेरेर बस्ने सरकार नेपाललाई आवश्यक नरहेको र देश भष्ट्राचारमा चुर्लुम्म डुवेको देखेर नेपाली कांगे्रसले विविध विरोधका कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

क्षेत्र नं २ का संघिय सभापति एव्ं रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नेपाली काङ्ग्रेस सात दशक देखी जनताको सुख दुखको साथि बनेको पार्टि रहेको र स्थापना काल देखी नै नेपाली जनतालाई कुनै पनि शासकबाट दमन भएमा साथ दिदै आएको पार्टि हुनाले यस पटक पनि संघियता माथि र जनता माथि दमन भएकाले यो विरोध कार्यक्रम गर्नुपरेको बताउनुभयो । उहाले देशलाई धेरै राजनितिक अन्यौलमा राख्न नहुने र छिटो निकास दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संगठन विभाग सदस्य मोहन प्रसाद शर्मा, जिल्ला सदस्य शिवसंकर राय, लगायत भातृ संगठनहरु, तरुण दल,भुपु सैनिक संघ, किसान संघ, विभिन्न विभागका केन्द्रिय सदस्यहरु,लगायतको उपस्ििथ रहेको कार्यक्रमको संचालन जिल्ला सचिव विक्रम यादवले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार