२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ तिलोत्तमा मणिग्राम युथ क्लबको नयाँ नेतृत्वमा प्रदिप खराल

तिलोत्तमा मणिग्राम युथ क्लबको नयाँ नेतृत्वमा प्रदिप खराल

तिलोत्तमा मणिग्राम युथ क्लबको नयाँ नेतृत्वमा प्रदिप खराल  चयन भएका छन्  । २०७७/१०/१७ गते शनिबार तिलोत्तमा ५ मणिग्राममा रहेको श्री सरस्वति पन्च्यात्न मन्दिरमा तिलोत्तमा मणिग्राम युवा कलबको पद हस्तान्तरण तथा नयाँ समिति पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष गणेश गैरे र क्लबका पूर्व अध्यक्ष बिमल पाण्डेको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रदिप खराल अध्यक्ष पदमा निर्विरोध रुपमा चयन  भएका छन् । त्यस्तै  उपाध्यक्षमा राज देबकोटा र किसन अर्याल, सचिबमा मिलन भण्डारी, सह- सचिबमा   कोषाध्यक्षमा सुनिल चौधरि चयन गरेको छ । यसैगरी क्रमसः  सुबास अर्याल, सुजन चापागाईं, दिपक गैरे, भिम चापागाईं, सरोज भण्डारी, बिश्वास भण्डारी, अमृत भण्डारी, कल्याण भण्डारी, बिध्यान्चल मल्ल, सदस्यमा चयन भएका छन् ।

क्लबको प्रेस सल्लाकारमा इज्जत कंडेल , क्लबका पूर्व अध्यक्ष गणेश गैरे र क्लबक शुभचिन्तक मनिस पाण्डेलाई सल्लाहकारमा नियुक्ति गरेको छ । क्लबका संस्थापक अध्यक्षले बिगतका दिनमा भएका कमि कमजोरीलाई सुधार्दै क्लबलाई अझै बलियो बनाएर अगाडी बढ्ने बताएका छन् भने क्लबका पूर्व अध्यक्ष पाण्डेले  क्लबलाई अझै नयाँ र बलियो ढंगले अगाडी बढिने बतएका छन्  ।   क्लबका वर्तमान अध्यक्षले सामाजिक कार्यमा सधै क्लबलाई अगाडी राख्ने कुरामा जोड दिइने कुरा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार