२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ बालकुमार क्षेत्री ‘साइनो’का पाँच मुक्तक

बालकुमार क्षेत्री ‘साइनो’का पाँच मुक्तक

 

१. प्रेमले भरीएको आँखा होस्, श्रद्धाले झुकेको शिर नहोस् !
मनबाट आएको भाका होस्, मन भित्रै उम्रेको पीर नहोस् !!
दर्शनका ठेली पढेर मात्र के काम लाग्छ र भन्या हे हजुर,
नमिले त दूध भात हुन्छ हजूर, नाम चाहे किन खीर नहोस् !!

  ————————

२ .बन्न सकूँ मधुरस, माहुरी बनी भुन्भुनाउनु सधैं तिमी !
फूल्न सकूँ कुसुम लता बनी, मुस्कुराउनु सधैं तिमी !!
सदा गर्न सकूँ भलो सबैको, चाहे चरणको धूलो भई,
भन्न सकूँ प्रेमिल गीत मात्र चुल्बुलाउनु सधैं तिमी !!

————————

३.चमेलीको सुवास चल्यो, मनमा गुराँस फुलेन किन ?
डाली भरियो खुसीको, तर मनमा भँवरा डुलेन किन ?
छन् चाहनाका अनेक बहाना, जवानीको रंगले होकी,
बसाईं त मनमै सर्यो तर, मनमा अझै प्रीत झुलेन किन ?

                    ————————

४. मौसम खराब हुँदा खुसीको बाला नझुल्ने भो यो मनमा
फूल त फुल्यो बगानभरी मखमली नफुल्ने भो यो मनमा
कल्पनाको रंगमञ्चमा अंधकार मात्र देख्छु सबै वरिपरि
उज्यालो पारी छ, तर डरले खुल्दै नखुल्ने भो यो मनमा ।

————————

५. प्रिय आज म एक्लो छु मेरो सपनीमा गुनगुनाउनु
सधै तिम्रो म ख्याल राख्छु माउरी झै भुन्भुनाउनु
मधुशाला तिम्रो त्यो बाल्यघर घार जोगाउनु सधैं
पिएर मधुरस म अघाउँछु तिमी त्यही छुन्मुनाउनु ।

बालकुमार क्षेत्री ‘साइनो’,पैँयू गा.पा-४ पर्वत, हाल- इराक,बगदाद

यो पनि हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार