२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ शनिवार पनि तात्यो बुटवल मेला दुर्गेश थापा सामु दर्शक झुमे

शनिवार पनि तात्यो बुटवल मेला दुर्गेश थापा सामु दर्शक झुमे

सुमन ढकाल,बुटवल।बुटवलमा बर्षको एकपटक अौद्योगिक प्रदर्शनी तथा ब्यापार मेला हुने गर्छ। थुप्रै कलाकारहरुको आगमनले दर्शकलाई मिठो मनोरन्जन दिलाइदिन्छ। कोरोनाका कारण एकपटक मेला सुरु हुन कठिनाइ भयो।

२ बर्ष पछि मेलामा पुग्दा सयौ हजार बडीको चाप देखियो। हिजो शनिवार विदा पर्न गएकोले मानिसको अत्याधिक भिडभाड रहेको मेला आयोजक समितिको भनाइ रहेको छ। दर्शक र मानिसको भिडभाडले गर्दा थाम्न धौ धौ नै परेको हामिले देखियो। टिकटक काउन्टर पट्टी पनि समाल्न समस्या भएको पाइयो।

शनिवार दुर्गेश थापाले मेला तताएको देखियो। गीत गाउदा र नाच दर्शक दमदार झुमे। यति धेरै दर्शकले कलाकार संगै आयोजक पनि खुसी भएका छन्।

शनिवार चर्चित गायक मोडल दुर्गेश थापा,विधान कार्की ,मन्जु पौडेल, दिपु मगर संगै धेरै कलाकारहरुको प्रस्तुति रहेको थियो। सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीका अनुसार मेलामा घुम्न हेर्न आउने भोजन लिने संगै दर्शक रमाएको देख्दा खुसी व्यक्त गरे। आइतबार लोक दोहोरी गायक पशुपति शर्मा, सचिन परियारको उपस्थिति रहने आयोजकको भनाइ रहेको छ।

४ सय ७० स्टल रेहको मेलामा स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण मुल नाराका साथ मेला पुस २० गतेसम्म चल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार