२०८१ कात्तिक १७ गते शनिवार | November 02, 2024

गृहपृष्ठ तिलोत्तमाका पत्रकारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम

तिलोत्तमाका पत्रकारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम

तिलोत्तमा । तिलोत्तमाका पत्रकार तथा यस क्षेत्रका मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पत्रकारलाई स्थानिय तहका मुद्धा उठानमा सहयोग होस् भन्ने उदेश्यले जनताको हक, अधिकार र काम कर्तव्यको बारेमा सुसुचित गराउन सहज होस भन्ने उदेश्यले क्षमतावान पत्रकार बनाउने लक्ष्यका साथ तिलोत्तमा नगरपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी संचार प्रालीको संयोजनमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको संचारका संचालक चण्डी बस्यालले बताउनुभएको छ। राससका अध्यक्ष बरिष्ठ पत्रकार धर्मेन्द्र झाको सहाजिकरणमा भएको कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त क्षमता बिकास कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले राष्ट्रको तेस्रो आँखा समेत रहेको पत्रकारले सत्य तथ्य खोज अनुसन्धान गरि जनप्रतिनिधिलाई समेत सचेत गराउन विशुद्ध पत्रकारिता गर्नु पर्ने र देशलाई समृद्दिको यात्रामा अघि बढाउनु पर्ने जानकारी राख्दै जनताको सेवामा कार्य गर्न यस्ता प्रशिक्षणले ठुलो भूमिका खेल्ने जानकारी दिनुभयो।

सोहि अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानिय र जनताको मुद्धामा सशक्त भएर लाग्नुपर्ने बताउनुभएको छ। कार्यक्रमको संयोजन नमस्ते लुम्बिनी संचार प्रालीले गरेको थियो। तालिम पछि सो तालिममा प्रशिक्षण लिएका पत्रकारहरुलाई संचार लेखनका लागि बिषयबस्तु दिईने संचारकर्मी बस्यालले बताउनुभयो। करिव ४० सहभागी सो अभिमुखीकरण कार्यक्रमको व्यवस्थापन पत्रकार यमलाल भुसाल, बिपी गौतमले गर्नुभएको हो भने कार्यक्रमको संचालन कमला पाण्डेले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार