२०८१ असार १ गते शुक्रवार | June 14, 2024

गृहपृष्ठ तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल । तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजेतिर व्यास नगरपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिएको हो। बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको ट्यांकरले ग १९ ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो।उनी दमौलीतर्फ जाँदै थिए। ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार