गृहपृष्ठ बागी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न
बागी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न
बुटवल । बागी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम बुटवल बेलबास स्थित अर्घाखाँची पार्टी प्यालेसमा समाजका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा मालारानी गाउँपालिकाका अध्यक्ष्य दल बहादुर भट्टराईको प्रमुख आतिथ्यातामा समाजका सचीव मदन मिश्रको सन्चालनमा र कार्यक्रम संयोजक तथा कार्यसमिति सद्स्य बिष्णु बहादुर कुवरको स्वागतमा सप्पन्न भएको छ ।
कार्यक्रममा समाजका पुर्व अध्यक्षहरु सल्लाहकारहरु लगायत बागीबाट रुपन्देही आई स्थाई तथा अस्थायी रुपमा बसोबास गरि विभिन्न पेशा ब्यबसाय गर्दै आएका सयौं व्यक्तिहरुको भब्य उपस्थिति रहेको थियो । उक्त अवसरमा एकल नृत्य प्रतियोगिता पनि सप्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले समाजका यस्ता रचनात्मक कार्यक्रमको प्रसंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता किसिमका कार्यक्रमहरुलाई निरंतरता दिन शुभकामना व्यक्त गर्नुभएको थियो ।
फोटो फिचर :









