२०८१ माघ ६ गते आइतवार | January 19, 2025

गृहपृष्ठ परियार सेवा समाज दाङ शाखाको दोस्रो बैठक घोराहीमा सम्पन्न

परियार सेवा समाज दाङ शाखाको दोस्रो बैठक घोराहीमा सम्पन्न

दाङ्ग । सम्पुर्ण परियार एक हौँ भन्ने मूल नारा बाकेकाे परियार सेवा समाज दाङ शाखाले विभिन्न प्रस्ताव, छलफल र निर्णय गर्दै समाजको दोस्रो बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ । बैठककमा दाङभित्रका विभिन्न पालिका र वडाहरुमा छरिएर रहेका परियारलाई छिट्टै पालिका स्तरीय र वडा स्तरीय समाजको गठन गर्ने र परियारहरुको पेशा हक हितमा जोड दिने प्रतिबद्धता सहित समाजको दोस्रो बैठक सम्पन्न भएको हो ।

बैठकले अधिवेशनमा खाली रहेका सदस्य पदमा तुल्सीपुर क्षेत्रबाट उर्मिला कुमारी नेपाली र गढवा क्षेत्रबाट निर्मला परियारलाई सर्वसम्मत रुपमा सदस्यमा मनोनित गरेको छ भने विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै सल्लाहकार सदस्य समेत चयन गरेको छ । सल्लाहकारमा कमल नेपाली, रविन्द्र उच्च नेपाली, चुर्ण बहादुर नेपाली, सुमन नेपाली, चिरञ्जीवी तिल्कानी, छवि परियार, शशी नेपाली, झविन्द्र नेपाली, प्रकास नेपाली, खडक परियार लगायतका व्यक्तिहरुलाइ समाजको सल्लाहकारको रुपमा चयन गरेको छ।

बैठकमा परियारबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति समेत रहको थियो । बैठक परियार सेवा समाज दाङका जिल्ला अध्यक्ष सन्तोष नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार