२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ कसले भुल्न सक्छ प.नारायण पोख्रेलको त्यो हत्या ?

कसले भुल्न सक्छ प.नारायण पोख्रेलको त्यो हत्या ?

दिपक न्यौपाने,रुपन्देही । २०६२ साल बैशाख महिनाको २३ गते बिहान ६ बजेर २२ मिनेटको समय हुदै थियो । सैनामैनाको साबीक दुधराक्ष कलौनीमा एकाबिहानै सन्नाटा छायो । हाल सैनामैना कलौनीमा अबस्थिती रामापुर क्याम्पसको भौतीक निर्माण तथा प्राज्ञिक उत्थानका निमित्त आर्थीक संकलन गर्न भन्दै धनधान्यान्चल महायज्ञ आयोजना गरिएको सोही ठाउमा कथाबाचनमा आउनुभएका पं नारायण पोख्रेल को हत्याको खबरले बैशाख २३ को त्यो बिहानी प्रहर सैनामैनाबासीलाइ अध्यारो रात जस्तै भएको थियो ।

देशका बिभिन्न ठाउमा धार्मीक प्रवचन कार्यलाइ निरन्तरता दिदै महापुराणको कथा बाचन गरी समाजसेवातर्फ अनवरत रुपमा लाग्नुभएका पं पोख्रेलको हत्या भएको पनी आज १६ बर्ष बितिसकेको छ । तर यतीका बर्ष समय बितिसक्दा पनी हत्या कसले र किन गर्यो भन्ने पत्ता त लागेको छैन नै त्यसैमाथी सैनामैनाबासीले पण्डित प्रोख्रेलं हत्याको घटनालाइ जति नै प्रयास गरेपनी भुल्न सकीरहेका छैनन ।त्यतीबेला म महायज्ञ मुल आयोजक समितीको संयोजक थिए , हालैमात्र सोही महायज्ञबाट संकलीत रकमले ब्यबस्थित रुपमा सन्चालनमा ल्याइएको शहिद नारायण प्रोख्रेल रामापुर क्याम्पस ब्यबस्थापन समितीको अध्यक्ष भएका बालकृष्ण गैरे पुरानो घाउ कोट्याउदै भन्छन – आज पनी त्यो कहालीलाग्दो घटनाले मन पोलीरहन्छ । तिनजना मोटरसाइकलमा आएर हत्या गरेर फरार भए ।

धार्मीक प्रवचनबाट समाजसेवामा अतुलनीय योगदान दिइरहेका आदरणीय पंण्डित प्राख्रेलको कसले किन हत्या गर्यो अहिले सम्म पत्ता लागेको छैन । आम मानिसहरुलाइ नचाएर,हसाएर,प्रभाबीत पारेर क्याम्पस,स्कुल,मन्दिर र अन्य सामाजीक भवन बनाउन दिनरात खट्ने मान्छेको हत्या देख्दा र सम्झदा अहिलेपनी आशु झर्छ । ” कुराकानीकै क्रममा भक्कानिएका गैरेलाइ पन्डितकै पहलमा पश्चिम क्षेत्रको चर्चित क्याम्पस स्थापनाले खुसी पनी दिएको छ । अहिले उनी क्यापसको अध्यक्ष हुनुको नाताले पनी प्रोख्रेरलाइ सम्झदै उनले देखाएको बाटोमा शैक्षीक उन्नयका लागी काम गर्नुपर्ने उत्तिकै चुनौती छ ।

म त्यतीखेर कक्षा ९ मा पढ्थे , हाल स्वर्गीय पण्डित प्रोख्रेलकै देनका कारण सन्चालनमा आएको क्याम्पसको प्रशासकिय अधिकृत भइसकेका मिजासिलो स्वभाबका मदन थापाले दैनीक लुम्बिनीलाइ भने – हामी पनी निकै ध्यान पुर्वक उहाका कथाहरु सुन्थ्यो । उहाले समाजका बिकृती बिसंगती र जातीय भेदभाब हट्नुपर्छ भन्ने आशयका कथाको शैलीले मलाइ पनी निकै प्रभाबीत पारेको थियो । मलाइ यस्तो लाग्थ्यो कि यज्ञले यस क्षेत्रमै पहिलोपटक आपसी सद्भाब,भाइचारा,ऐक्यबद्धता तथा निस्वार्थ भावना बोकेर आइरहेको छ ।

तर अफसोच उहाको दुखत हत्याले हाम्रो घरमा एकहप्तासम्म चुल्हो नै बलेन । ” हाल क्याम्पस सन्चालन समितीकी सदस्य समेत रहेकी लोक तथा भजन टुक्का समिती रुपन्देहीकी उपाध्यक्ष समेत रहेकी समाजसेबी कमला अधिकारीले घटना सम्झदै सारा गा.बी.सको कुना काप्चाबाट भजन घन्किरहेको हिजो जस्तो लागेको बताउछीन । राती भजन सुन्दै सुतिन्थ्यो, बिहान भजन सुन्दै उठ्न्थ्यो , महायज्ञ नजिकै घर भएकी अधिकारीले सुनाइन – अहिले पनी म प्रत्येक दिन उहाकै भजन र कथा सुनेर दिनको शुरुवात गर्ने गरेकी छु । ”

तत्कालीन समयमा हालको सैनामैनाका बिभिन्न सघंसस्था,क्लबहरु,आमा समुह,शैक्षीक,बौद्धिक ब्यक्तित्वहरु, ब्यबसायीदेखी कृषकहरुले समेतको उत्साहजनक सहभागीताले ४२ लाख रुपैया संकलन भएको थियो । हाल पण्डित प्रोख्रेलकै नाममा क्याम्पस सन्चालन भएको छ भने क्याम्पसले क्यू.ए.ए. मान्यता पनी प्राप्त गरीसकेको छ , हालका क्याम्पस प्रमुख एवम शैक्षीक ब्यक्तित्व यदुलाल पन्थ भन्छन – धर्मलाइ सामाजीक काममा जोडेर अनुकरणीय काम गर्नुभएका प्राखे्रललाइ जसले हत्या गर्यो आज उनीहरुलाइ ठुलो पश्चाताप भइरको हुनुपर्छ । उहा साच्चिनै अनुकरणीय ब्यक्ति हुनुहुन्थ्यो ।

” झन्डै १ हजार बिधार्थी रहेको क्याम्पसमा नारायण प्रोख्रेलको सम्झनामा अनुकुल समयमा उहाकै छोरा दिनबन्धुलाइ बोलाएर पुनह यज्ञ सन्चालन गर्ने सोच बनाएको समितीका अध्यक्ष बालकृष्ण गैरेले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार