२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ खुशीको खबर : ४० वर्ष उमेर काटेका एकल पुरुषले भत्ता पाउने पूर्ण जानकारीको लागि पुरा पढ्नुहोस

खुशीको खबर : ४० वर्ष उमेर काटेका एकल पुरुषले भत्ता पाउने पूर्ण जानकारीको लागि पुरा पढ्नुहोस

नवलपरासी/बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले अब एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।

कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।

गाउँपालिका भरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दशैँ खर्च भनेर एकमुष्ट पाँच हजार रुपैयाँ दिने व्यवस्था गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार