२०८१ माघ २४ गते बिहीवार | February 06, 2025

गृहपृष्ठ पुम्दीकोटमा जारी महायज्ञमा आठौ दिनसम्म २ करोड १४ लाख संकलन (भिडियोसहित)

पुम्दीकोटमा जारी महायज्ञमा आठौ दिनसम्म २ करोड १४ लाख संकलन (भिडियोसहित)

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।

महायज्ञको आठौं दिन (आइतबार) मात्र करिब ५२ लाख ६२ हजार संकलन भएको बरालले बताए । मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए । त्यसै गरी महायज्ञमा पोखरा २२ ठुलीबिडी निवासी भोलानाथ बरालबाट २ लाख २५ हजार, हाल अमेरीका बस्दै आएका अरुण धिताल र प्रतिमा धितालबाट २ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी लक्ष्मीदेवि आचार्यबाट २ लाख २५ हजार रुपैया संकलन भएको समितिले जनाएको छ ।

त्यसै गरी होटल पुम्दीकोट भ्युबाट २ लाख, स्थानिय श्रीकृष्ण भजन मण्डली ढलेपिपल लप्सिवोट आमा समुहबाट १ लाख ३२ हजार ५ सय ५, हाल अमेरीका निवासी कमल बराल, सुस्मिता सापकोटाबाट १ लाख १ हजार १ सय ८, पोखरा ५ पस्र्याङका डा. झलक कार्की र लक्ष्मीदेवि कार्कीबाट १ लाख ५ हजार ५ सय ५५, पोखरा २१ दोेपरेका सावित्री सुवेदीबाट १ लाख १ हजार १ सय ११ रुपैया महायज्ञमा प्राप्त भएको छ ।

त्यस्तै पोखरा २२ डाँडाथोक निवासी राजेन्द्र प्रसाद क्षेत्रीबाट १ लाख १ सय, पोखरा १७ विरौटाको बालोदय मार्ग टोल विकास संस्थाबाट ५९ हजार ४ सय ५, पोखरा ६ बैदाम नन्दकिशोर पहारीबाट ५५ हजार ५ सय ५५, पोखरा २२ अर्चलवोट निवासी पोष्टराज बाँस्तोलाबाट ५५ हजार ५ सय ५५, बालोदय मार्ग पोखरा १७ का रुद्रबहादुर थापा बाट ५१ हजार १ सय ११ रुपैया, पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल र लिलादेवि बरालबाट ३० हजार रुपैया महायज्ञमा सहयोग प्राप्त भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। महायज्ञको औपचारिक रुपमा समापन मंगलबार हुने तयारी गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार