२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ रोयल इन्फिल्डले क्लासिक ३५० सीसीमा ल्यायो दुई नयाँ कलर

रोयल इन्फिल्डले क्लासिक ३५० सीसीमा ल्यायो दुई नयाँ कलर

रोयल इन्फिल्ड ब्राण्डले सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५०सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबस ब्लु र स्टर्मराइडर स्याण्ड सर्वजनिक गरेको छ ।

रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि  रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो ।

नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाइकलले युवा देखी वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ  ।

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५०सीसी सिंगल बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।

बीएस आईभी संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि राखिएको छ र यस्को मूल्य रु. ५,९९,९९९ मात्र राखिएको छ ।

यो मोटरसाइकल एयरबर्न ब्लु र स्टोर्मराइडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार