२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ नेपाली स्मार्ट फोन बजारमा तहल्का मच्चाउदै भिभो (vivo Y12s ) मोबाइल

नेपाली स्मार्ट फोन बजारमा तहल्का मच्चाउदै भिभो (vivo Y12s ) मोबाइल

रुपन्देही जिल्लामा भिभोको नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा सेल्यु सिटीका ईन्टरनेशनल प्राईभेट लिमिटेडका जनरल म्यानेजर अनमित्र शर्माले  केक काटेर भिभो y12s मोबाइलको शुभारम्भ गर्नुभएको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी कम्पनीले प्रती मोबाइलमा एक हजार रुपैया छुटको अफर ल्याएको छ । अग्रिम बुकिङ्गको लागी कम्पनीले २०७७ माघ २७ देखि फाल्गुन १ गते सम्मको समय सिमा निर्धारण गरिएको भिभो मोवाईलका एरिया सेल्स म्यानेजर रामचन्द्र पौडेल र टेरेटोरी सेल्स म्यानेजर अनिल पाण्डेयले जानकारी दिनुभयो ।

निर्धारित समय अबधी भित्र मोबाईल किन्ने ग्राहकका लागि कम्पनीले बिशेष सुबिधा पनि ल्याईएको छ । लक्की ड्र मार्फत तीन जनाका लागि फोन , एक सय जनाका लागि २५ सय रुपैया र किनेको एक महिना भित्र मोवाईलको स्क्रीन बिग्रेमा पाँच सय जनाको लागि स्क्रीन रिस्पलेटमेन्टको अफर ल्याएको छ । नेपालको लागि आधिकृत बिक्रेता सेल्यु सिटी ईन्टरनेशनल प्राईभेट लिमिटेड रहेको छ भने रुपन्देही जिल्लाका लागि श्री एन एस ग्रुप रहेको छ । २०११ मा चाईनाबाट देश बाहिर सेल्स गरेको बिबिके कम्पनीको भिभो ब्रान्डको मोवाईल अन्य देशमा पनि निकै नै राम्रो चर्चा कमाउनुका साथै राम्रो बजार पाइरहेको छ ।

सन् २०२० मा नेपालको तेस्रो स्थान ल्याउन सफल भिभो ब्रान्डको नयाँ मोबाईल बजारमा आएको  छ जुन फोनले  २०२१ मा नेपालमा – दोस्रो नम्बरमा उक्लने तयारी गरिरहेको छ । रुपन्देहीमा  आज एकै दिनमा करिब ५० भन्दा बढी मोबाइल बूकिंग भइसकेको एरिया सेल्स म्यानेजर पौडेल र टेरेटोरी सेल्स म्यानेजर पाण्डेयले बताए पाँच हजार एमएएचको ब्याट्री , तिन जिबि रयाम र ३२ जिवि ईन्टरनल मेमोरी भएको Y12s मोडेलको नायाँ मोवाईल बजारमा आएको हो । रुपन्देहीको बुटवलमा मंगलबार गरिएको एक कार्यक्रममा सो मोडेलको मोवाईल सार्वजनिक गरिएको हो ।

 

यो भिडियो पनि हेरौं :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार