गृहपृष्ठ बिपन्नको घर बनाउन गाउँ पुगे चौधरी र कर्माचार्य
बिपन्नको घर बनाउन गाउँ पुगे चौधरी र कर्माचार्य
श्रीमान र छोरा गुमाएकी परिवारलाई मनकारी तथा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कर्माचार्यको जोडीले सिरहाको लहान नगरपालीका २२ सिस्वनी गाउँका रामरती चौधरीलाई घर बनाउन पचास हजार मुल्य बराबरको जस्ता पता सहयोग गरेका छन् । रामरतीको श्रीमानको मृत्यु भए लगत्तै मृत्यु भए पछी बिचल्ली भएको छ ।
घरको आर्थिक अबस्था नाजुक र कमजोर रहेको ले श्रीमान लाई उपचार गराउन न सके पछी मृत्यु भएको स्थानीयले जानकारी दिनु भयो । चौधरीको श्रीमानको मृत्यु लगत्तै केहि महिना न बितिदै १८ बर्ष छोरा ब्लड क्यांसरको कारणले मृत्यु भएको थियो । श्रीमान र पुत्रको सोकमा डुबेका चौधरीलाई बस्न स्मस्या भएको छ ।
११ बर्षको छोरा छन र दुई छोरी बिहे भएर श्रीमानको गईसकेको छ् । बस्ने घर घर राम्रो नभएर काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्यले घरको अवस्था देखेर दुई वटा रूममा लाग्ने जस्तापता ६ बंडल ५० हजार मुल्य बराबरको सहयोग गरेका छन् । पीडित चौधरीको घर बनाउन काङ्ग्रेस नेता चौधरीको अनुरोधमा सन ईंटा भट्टाका संचालक रामबिलास शाहले २ रूममा लाग़्ने ईंटा सहयोग गर्ने बताउनु भयो । गाउलेहरुको भनाइ अनुसार घर बनाउदा लाग्ने बॉस र मज़दूरी सहयोग गरी दिने स्थानीयको भनाइ रहेको छ ।
यो भिडियो पनि हेर्नुहोस :





