गृहपृष्ठ ज्योति लाइफको आइपिओ निष्कासनको तयारी कहिले हुदैछ त निस्कासन पुरा विवरण हेर्नुहोस
ज्योति लाइफको आइपिओ निष्कासनको तयारी कहिले हुदैछ त निस्कासन पुरा विवरण हेर्नुहोस
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन महिना भित्रै साधारण शेयर ९आइपिओ० निष्कासन गर्ने भएको छ ।
हाल म्युचुअल फण्डको अलोटमेन्ट गर्ने कार्य भइरहेको र आइपिओ निष्कासनको तयारी पनि गरिरहेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले अर्थ संसारलाई जानकारी दिएको छ । क्यापिटलका अनुसार ढीलोमा फागुनको अन्त्यसम्म आइपिओ निष्कासन गरिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको थियो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीको पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।





