२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ प्यान इन्डियन फिल्म भनेको के हो ? जानकारीका लागि तल क्लिक गर्नुहोस…

प्यान इन्डियन फिल्म भनेको के हो ? जानकारीका लागि तल क्लिक गर्नुहोस…

डेब्यु गर्नु र प्यान इन्डियन फिल्म निर्माण हुनु, यी दुई फरक कुरा हुन् । अक्सर कुनै दक्षिण भारतका अभिनेताको फिल्म हिन्दी भाषामा आउँदै छ भने त्यसलाई बलिउड डेब्यु भनेर बुझिने प्रचलन छ । तर यो गलत बुझाइ हो ।

कुनै पनि भारतीय फिल्म जसलाई एकसाथ तीनभन्दा बढी भाषामा रिलिज गरिन्छ त्यसलाई प्यान इन्डियन फिल्म भनिन्छ । यसको उदाहरण हुन सुपरहिट फिल्म : रोबोट, बाहुबली र केजिएफ । यी तीन अलग–अलग इन्डस्ट्रीका फिल्महरु हुन् जुन एकसाथ पाँच भाषामा रिलिज भएको थियो । जसलाई एक प्यान इन्डियन फिल्म भनेर मानिन्छ ।

बलिउड फिल्म उद्योगलाई पछि पार्दै यतिबेला टलिउड फिल्म उद्योगले धेरै दर्शकको मन जित्न सफल भएको छ । केही समय पहिले टलिउड फिल्महरु बलिउडमा रिमेक गरिने प्रचलन थियो तर विस्तारै टलिउड फिल्महरु हिन्दी संस्करणमा आउन थाले । अहिलेको समयमा दर्शकले रिमेक फिल्मभन्दा बढी डब्ड भर्सनलाई रुचाउने गरेका छन् । यसैकारण सन २०२० सम्मको तुलनामा सन् २०२१ मा थुप्रै प्यान इन्डियन फिल्महरु निर्माण हुने तरखरमा छन् ।

रेबेल स्टार प्रभाषको प्यान इन्डियन फिल्म ‘बाहुबली’ ब्लकबस्टर भएपछि धेरै निर्माताहरुलाई आफ्नो फिल्म एकसाथ धेरै भाषामा रिलिज गर्न हौसला मिलेको थियो । यसैकारण थलपती विजय स्टारर फिल्म ‘पुली’ पनि हिन्दीसहित पाँच भाषामा रिलिज गरिएको थियो तर फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन । लामो समयको अन्तरालपछि सन् २०२१ मा थुप्रै टलिउड फिल्महरु एकसाथ चार–पाँच भाषामा आउने भएका छन् । थलपती विजय र विजय सेतुपथीको फिल्म ‘मास्टर’ पनि एक प्यान इन्डियन फिल्म हो जस्ले छुट्टै रेकर्ड बनाएको थियो ।

अब आगामी दिनमा निर्माण हुने प्रभाषको ‘राधेश्याम’देखि रामचरण र जुनियर एनटिआर स्टारर फिल्म ‘आरआरआर’ सँगै बहुप्रतिक्षित फिल्म ‘केजिएफ २’ अल्लु अर्जुन स्टारर ‘पुष्प’ र विजय देवरकोन्डाको आउन लागेको फिल्म ‘लाइगर’ सम्म यी सबै प्यान इन्डियन फिल्मको सुचीमा पर्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार