२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ ज्योति लाइफ इन्स्योरेन्सले ल्यायो निकै खुशीको खबर आईपीओ निष्काशन मिति सर्यो दुई दिन अघि

ज्योति लाइफ इन्स्योरेन्सले ल्यायो निकै खुशीको खबर आईपीओ निष्काशन मिति सर्यो दुई दिन अघि

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ ) को निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीको आईपीओ निष्काशन मिति दुई अघि सरेर फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङको आग्रहमा कम्पनीको शेयर निष्काशन मिति अघि सरेको हो । सिडिएसले कारोबार समयमा चाप आउन सक्ने भन्दै शेयर निष्काशन मिति सार्न आग्रह गरेको थियो । त्यस सम्बन्धमा बुधबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सूचना प्रकाशन गर्ने जनाएको छ ।
यस अघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाएको थियो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन भर्न सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँट पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार