गृहपृष्ठ टिप्परले दियो छाडा पशु चौपायालाई ठक्कर
टिप्परले दियो छाडा पशु चौपायालाई ठक्कर
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. १० महिलाबार स्थित पर्सा सडकखण्डमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.३ दर्कसहवाका प्रमोद कुमार धवलले चलाएको ना. ३ ख. ३२५२ नंम्बरको टीप्पर दुर्घटना भएको छ ।
तिब्र गतिमा रहेको टिप्परले छाडा पशु चौपायालाई ठक्कर दिदा ३ वटा गाई र १ गोरु गरि ४ पशु चौपायाको मृत्यु भएको छ भने २ गाई घाइते भएका छन् । पशु चौपायालाई ठक्कर दिए पश्चात टिप्पर नजिकैको पोललाई ठक्कर दिन पुगेको थियो । बिधुतिय पोल र पशु चौपायालाई ठक्कर दिने गाडीको चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी जनाएको छ ।






