गृहपृष्ठ लगानीकर्ताको लागि जाल्पा सामुदायिक लघुवित्तले दियो निकै खुशीको खबर छिट्टै आइपीओ जारी गर्दै
लगानीकर्ताको लागि जाल्पा सामुदायिक लघुवित्तले दियो निकै खुशीको खबर छिट्टै आइपीओ जारी गर्दै
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि जारी हुने आइपीओ निष्कासन तथा बिक्रीका लागि संस्थाले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नियुक्तिसम्बन्धी सम्झौता लघुवित्तको पोखराको सिमलचौरस्थित केन्द्रीय कार्यालयमा भएको छ । सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
हाल २० जिल्लामा लघुवित्त कारोबार गरिरहेको संस्थाको चुक्ता पुँजी १० करोड ७८ लाख छ । थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १६ करोड पुग्नेछ ।





