२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ समाजसेवी केटासँग लगनगाठोँ कस्दैँ अभिनेत्री रेखा थापा

समाजसेवी केटासँग लगनगाठोँ कस्दैँ अभिनेत्री रेखा थापा

रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । यसै क्रममा चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ ।

छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन ।देतर, अहिले आएको हल्ला साँ चो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् ।

रेखाले चलचित्र क्षेत्रभन्दा थोरैबाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ ।

तर, यी सबै बजारमा चलेका गसिप हुन् । यदि यो गसिप असाध्यै भरपर्दो हो भने रेखाले केहि वर्षभित्रै कसैको हातबाट सिन्दुर लगाउनेछिन् । र नयाँ जीवनको सुरूवात गर्नेछन् ।

यो पनि , ‘दर्पण छायाँपछि’ को पखाईमा निरुता

निरुता सिंहलाई हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । पोस्टरमा उनको अनुहार देखेको भरमा फिल्म हेर्न हलमा दर्शक झुम्मिन्थे । अझ भनौं, फिल्म चल्न उनको नामै काफी थियो । त्यसबेला हिरो बराबर स्टारडम बनाएकी उनले कयौं यादगार फिल्म दिएकी छन् । तर, नेपाली फिल्ममा राम्रो माग हुँदा हुँदै उनी अचानक अभिनय छाडेर सुटुक्क मुम्बई हानिइन् ।

१२ वर्षपछि बगेको खोला फर्किन्छ भनेझैँ निरुता पनि १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किइन् । यसमा उनको भूमिका छोटो भए पनि दर्शकले रुचाए । यसपछि उनले हरिवंश आचार्यको श्रीमतीको भूमिकामा फिल्म ‘दाल भात तरकारी’ मा काम गरिन् । यो फिल्ममा लाउड अभिनयका कारण आलोचित भएकी उनले दुई वर्षदेखि नयाँ फिल्म साइन गरेकी छैनन् ।

अब उनी आफ्नो करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’ मा काम गर्ने तयारीमा छिन् । उनले यो फिल्मलाई आफ्नो वास्तविक कमब्याक हुने बताएकी छन् । अभिनेता उत्तम प्रधानले क्याप्टेनसिप सम्हाल्न लागेको फिल्ममा उनीसँगै निरुता र दीलिप रायमाझीको मुख्य भूमिका रहनेछ । फिल्मको कथा पनि उत्तमले नै तयार पारेका छन् ।

कोरोना महामारीका कारण फिल्मको छायांकन सुरु हुन नसकेको निरुताले बताएकी छन् । शनिवार नेफ्टा अवार्डमा फिल्मको बारेमा उनले भनिन्, ‘कोरोना नभएको भए फिल्मको छायांकन सुरु नै भइसक्थ्यो । नेपाल,भारत बोडर सिल भएका कारण, त्यो खुलेपछि छायांकन थाल्नेछौं ।’ ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्मलाई उत्तर र निरुताले मिलेर निर्माण गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार