गृहपृष्ठ लगानीकर्ताको लागि खुशीको खबर : यति ठुलो मात्रामा आइपियो निस्कासन हुदै
लगानीकर्ताको लागि खुशीको खबर : यति ठुलो मात्रामा आइपियो निस्कासन हुदै
ग्रीन भेञ्चर्स लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।कम्पनीले प्रतिकित्ता रु। १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो । उक्त कम्पनीको आर्थिक अबस्था मजबुत रहेको र भबिष्यमा झन् मजबुत हुदै जाने जानकारको भनाई छ।
नेपाल धितोपत्र बोर्ड ९ सेबोन ० ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ९ सेबोन ० ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।






