गृहपृष्ठ आउदो शुक्रबार ४ करोड बराबरको आईपीओ निस्कासन हुदै, हेर्नुहोस सम्पूर्ण जानकारी
आउदो शुक्रबार ४ करोड बराबरको आईपीओ निस्कासन हुदै, हेर्नुहोस सम्पूर्ण जानकारी
पछिल्लो समय प्राथमिक बजारमा निकै आकर्षण बढ्दै गएको छ। कुनै पनि कम्पनीको आईपीओ निष्कासन गर्दा आवेदन दिनेको ओइरो नै लाग्ने गरेको छ।यही माहौलबीच रुरु जलविद्युत् लिमिटेडले यही चैत २० गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गर्नेछ।
जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।यसअघि कम्पनीले गत माघ २१ गतेदेखि फागुन २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। आयोजना प्रभावितलाई यो कम्पनीले कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरेको थियो। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
दोस्रो बजारमा जलविद्युत कम्पनीहरुको सेयरमूल्य उछाल आइरहेको छ। यस्तो अवस्थामा रुरु जलविद्युतको आईपीओमा पक्कै पनि आकर्षण देखिन्छ।
तर यो कम्पनीले लगानीकर्ताहरुलाई कतिसम्म रिटर्न दिन्छ त भन्ने आँकलन गर्न यसको वित्तीय प्रक्षेपण हेर्न आवश्यक छ।यो कम्पनीले खु्द नाफा आर्थिक वर्ष २०७९र८० सम्म ५ करोड ७१ लाख रुपैयाँ पुर्याउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा यो कम्पनीको खुद नाफा ५ करोड ८५ लाख रुपैयाँ हुने लक्ष्य राखिएको छ। आगामी आर्थिक वर्षमा भने खुद नाफा ६ करोड ३४ लाख हुने प्रक्षेपण गरिएको छ। कम्पनीको प्रतिसेयर आम्दानी अर्ब ३ वर्ष अर्थात आर्थिक वर्ष २०७९र८० मा १४।०१ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
चालु आर्थिक वर्षमा १४।३६ रुपैयाँ ईपीएसको लक्ष्य राखिएकोमा आगामी वर्ष भने १५।५७ रुपैयाँ हुने अनुमान गरिएको छ। कम्पनीले प्रतिसेयर नेटवर्थ आव २०७९र८० सम्म १३०।४७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। चालु आवमा १२०।९० रुपैयाँ हुने अनुमान गरिएको प्रतिसेयर नेटवर्थ आगामी वर्ष भने १२६।४७ रुपैयाँ हुने लक्ष्य राखिएको छ।नेटवर्थमा प्रतिफल भने आव २०७७र७८, २०७८र७९ र २०७९र८० मा क्रमशः ११।८७ प्रतिशत, १२।३१ प्रतिशत र १०।७४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल भने ११।४७ प्रतिशत रहेको छ।
कम्पनीको रिजर्भमा आव २०७९र८० सम्म ११ करोड ६० लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा भने ७ करोड ७० लाख रुपैयाँ रिजर्भमा हुने प्रक्षेपण गरिएको छ। यो कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ भने आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको १०र१० प्रतिशत हुनेछ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।





