२०८३ मंसिर १४ गते आइतवार | November 29, 2026

गृहपृष्ठ लगानीकर्ताका लागि निकै खुशीको खबर आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै

लगानीकर्ताका लागि निकै खुशीको खबर आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्स् :-

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार