गृहपृष्ठ भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं : प्रधानमन्त्रीको ओली
भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं : प्रधानमन्त्रीको ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गरेका छन् ।
मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका छन् । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं’ पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता घटिया काम सरकारले गर्दैन ।’
कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छ ।’
यो पनि
गिरिजा कोइरालाले गर्न नसकेको काम ओलीले गरेर देखाए, चौतर्फी भयो स्वागत
सरकारले सांसद विकास कोष खारेज गरेको छ । कोष खारेजीका लागि लामो समयदेखि आवाज उठे पनि विभिन्न सरकारले हिम्मत गर्न सकेका थिएनन् । गिरिजा, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, देउवा सरकारले गर्न नसकेको कोष खारेजी निर्णय केपी ओली सरकारले लिएको हो । कोषका नाममा सांसदहरुले कमिसन लिने गरेका छन् ।
जनप्रतिनिधि भएर जनताको सेवा र विकासमा लाग्नुपर्नेमा थोरै बजेट विकासमा लगाएजस्तो गरेर आफ्ना कार्यक्रर्तालाई पोस्ने र सेटिङ मिलाएर कमिसन खाने काम सांसदबाटै हुँदै आएको छ । जसको चर्को विरोध हुने गरेको छ ।
खारेज गर्न माग उठ्दै आएको थियो । प्रदेश र स्थानीय तह आइसकेपछि सांसद विकास कोषको औचित्यमाथि नै प्रश्न उठेको थियो । यहीँ परिवेशमा ओली सरकारले खारेज गरेको छ । जुन निर्णयको चौतर्फी स्वागत र प्रशंसा भएको छ । एक सांसदले करिब ६ करोड रुपैयाँ कोषका नाममा पाउने गरेका थिए ।












