२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कालीगण्डकी गाँउपालिकाद्वारा सबै नागरिकलाइ निशुल्क स्वास्थ्य विमा

कालीगण्डकी गाँउपालिकाद्वारा सबै नागरिकलाइ निशुल्क स्वास्थ्य विमा

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य नै मानवको अमूल्य धन भएकोले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रत्येक नागरिकलाई क्रमशः स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गर्ने लक्ष्य रहेको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो ।

गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पालिकाकी ३२ वर्षीया बुद्धिकला दमैलाई पहिलो सेवाग्राहीको रुपमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समाबेश भएसंगै कार्यक्रम अगाडी बढिरहेको प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो। पालिकाले सीमान्तकृत वर्ग , अपाङ्ग , अति विपन्न वर्गलाई पहिलो प्राथमिकताका आधारमा राखेर बिमा कार्यक्रम अगाडि बढाएको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभयो। जनस्तरमा गएर स्वास्थ्य बिमा सम्बन्धि जानकारी दिन तथा समाबेश गर्नकालागि बिमाकर्ताहरुलाई तालिम सञ्चालन समेत भैरहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।

आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पुर्याइ सकिने गाउपालिकाले जनाएको छ। कालीगण्डकी गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि प्रयाप्त लागि झण्डै दुई करोड बजेट लाग्ने अनुमान गाउँपालिकाको छ । एक करोड ५० लाख विनियोजन गरिए पनि ५० लाख जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले जानकारी दिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले निशुल्क उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएकोले आफुले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो।

गाउँपालिकामा एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् गाउँपालिकाले यो अभियान कार्यान्वयन गरेसंगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी मानिस खुसी भएको पाइएको छ । गाउँपालिकाले चार हजार सात सय घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराउने भएको छ । यो बिमा कार्यक्रम अन्तर्गत पालिका बासि प्रत्येक नागरिकले रु १ लाख सम्मको निशुल्क उपचार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिनु भयो। कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रमलाई देशकै एक नमुना कार्यक्रमको रुपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार