२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपालमा थप यति जनामा संक्रमण पुष्टि, थप यति जनाले गुमाए ज्यान

नेपालमा थप यति जनामा संक्रमण पुष्टि, थप यति जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६२४ जनाको नतिजा पोजिटिभ आएको हो ।

८ हजार ६६७ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४७ र ४ हजार ९०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७७ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार