२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो

शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव २६ अङ्कले उकालो लागेर एक हजार ९ सय ६९ दशमलब १८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अंकले बढेर लागेर ३ सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार २ सय ७५ कित्ता शेयर रु. ८७ करोड ४ लाख ४४ हजार १ सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ९ करोड ३८ लाख ८० हजार ८ सय ६० बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक रु. ४ करोड ३४ लाख ३ हजार, साल्ट ट्रेडिङ कर्पोरेसन रु. ३ करोड ९९ लाख ४० हजार ५ सय ८५, एभरेष्ट बैंक रु. ३ करोड ६० लाख ८२ हजार ६ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु. २ करोड ४२ लाख ६ हजार ८ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९ दशमलब ९९, थ्री स्टार हाइड्रोपावर ९ दशमलव ९८, भूगोल इनर्जी डेभलपमेन्ट ८ दशमलव ७२, आरबीबी म्युचुअल फण्ड दोस्रो ७ दशमलव ९४ र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ७७ प्रतिशतले बढेको छ । साथै शुभम पावर ९ दशमलब ९९, पिपुल्स पावर ४ दशमलव ९६, समता घरेलु लघुवित्त ३ दशमलव ५१, सप्तकोशी डेभलपमेन्ट बैंक ३ र गुराँस लघुवित्तको शेयर मूल्य १ दशमलव ९९ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार