२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङकाे निधनको शोकमा बिहिबार सार्वजनिक बिदा

संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङकाे निधनको शोकमा बिहिबार सार्वजनिक बिदा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार