गृहपृष्ठ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घट्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा आएको छ । आज नेप्से घट्दा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर कारोबार भएको छ ।
आज १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ८९३ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ ।








