२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँड मिति सार्बजनिक, यो मितिमा हुँदै बाँडफाँड

इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँड मिति सार्बजनिक, यो मितिमा हुँदै बाँडफाँड

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोली बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले आजै प्रिअलटमेन्ट सकाएर भोली बाँडफाँट गर्ने भएको हो ।

कसरी हेर्ने नतिजा  १० नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला । २० एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला। ३० एप खोलि क्ष्एइ च्भ्क्ग्ीत्क् भन्ने अप्सन छान्नुहोला। ४० आफ्नो दिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ५० त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३।८७ गुणा बढी हुन आउँछ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार