२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ संचारकर्मी बिनोद बिस्ट र गायिका सिला गुरुङको “बैगुनीको मायाले” दर्शकको मन जित्दै

संचारकर्मी बिनोद बिस्ट र गायिका सिला गुरुङको “बैगुनीको मायाले” दर्शकको मन जित्दै

बुटवल । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोक गीतको दबदबा छ । लोकदोहोरी गीतहरूले दर्शक स्रोताको मन जित्दै सफलता पाईरहेका छन । यसै क्रममा एउटा आशालाग्दो  “बैगुनीको माया”ले बोलको लोक गीत सार्वजनिक भएको छ ।

सार्वजनिक भएको “बैगुनीको माया”ले बोलको गीतमा बिनोद बिष्ट र सिला गुरुङको आवाज रहेको छ भने विक्रम बाबू विश्वकर्माको शब्द, नन्दु परियारको लय तथा रामचन्द्र चन्दको एरेन्ज रहेको छ । उक्त म्युजिक भिडियोमा अनुभव पौडेल र अनु चन्दको नृत्य रहेको छ ।

गीत रामचन्द्र चन्द नामक युट्युब च्यानलमा हेर्न सकिनेछ ।  आवाजमा स्वर भरेकी गुरुङ्ग गायक विष्टले सञ्चालन गरेको रोजि समाबेशी लोक आइडलको विजेता समेत हुन । गुल्मिको अग्लुङ्को नेपानीमा जन्मिएका विष्ट हाल बुटवलमा संचार कर्म गर्दै आएका छन् ।

हेर्नुहोस् पुरा भिडियो : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार