गृहपृष्ठ त्रिविद्धारा शंसोधित परीक्षा तालिका प्रकाशित हेर्नुहोस् तालिकासहित
त्रिविद्धारा शंसोधित परीक्षा तालिका प्रकाशित हेर्नुहोस् तालिकासहित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुर मास्टर अफ विजिनेश स्टडिज् (M.B.S.) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (M.P.A.) दोश्रो सत्र नियमीत परीक्षा कार्यक्रम–२०२१ को शंसोधित परीक्षा तालिका सम्बन्धी सूचना जारी भएको हो ।
सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि दोश्रो सत्रको परीक्षामा सामेल भै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतको दोश्रो सत्रको नियमित परीक्षा २०७८/०८/०६ देखि संचालन हुने गरि तालिका प्रकाशित गरिएकोमा प्राविधिक कारणले देहाय बमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।’






