गृहपृष्ठ उत्कृस्ट मोडल अवार्ड पाएपछि धमला पत्नी एलिजाले लेखिन् यस्तो स्टाटस
उत्कृस्ट मोडल अवार्ड पाएपछि धमला पत्नी एलिजाले लेखिन् यस्तो स्टाटस
काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमला पत्नी एवं मोडल एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाउनु भएको छ । विराट मिडिया नेटवर्कले गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै सो अवार्ड दिएको हो ।
विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ उक्त पुरस्कार दिएको हो । हिजो ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको छ ।
उक्त अवार्ड पाए पश्चात गौतमले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्नुभएको छ । स्टाटसमा उहाँले लेख्नु भएको छ, आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो” गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु, तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु, अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।






