२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा क्रियाशील सदस्य लगभग ९० हजार

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा क्रियाशील सदस्य लगभग ९० हजार

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा क्रियाशील सदस्यता संख्या करिब ९० हजार पुगेको छ । प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।

निर्धारित समयभित्र क्रियाशील सदस्य करिब ९० हजार पुग्ने लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालले बताए । उनका अनुसार पछिल्लो समय माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।

विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा तीन हजार ६०० जनाले क्रियाशील सदस्यता लिएकोमा हाल सो जिल्लामा ५ हजार ३५७ जनाले कम्प्युटरमै सदस्यता इन्ट्री गरिसकेका छन् ।

क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएअनुसार रुपन्देहीमा ६ हजार ५३९ जनाले सदस्यता भरेका छन् । यस्तै, पाल्पामा ३ हजार ४६१ जना, नवलपरासी पश्चिममा ३ हजार २५१ जना, कपिलवस्तुमा ३ हजार ४२४ जना र अर्घाखाँचीमा २ हजार १५२ जनाले सदस्यता भरेका छन् ।

त्यस्तै प्युठानमा ५ हजार ३२४, दाङ्गमा १३ हजार ९०५, बर्दियामा ११ हजार ७३६, रोल्पामा १४ हजार ८५९, रुकुम पश्चिममा ५ हजार ९५४ र बाँकेमा ८ हजार ९०२ जनाले सदस्यता भरेको बरालले जानकारी दिए ।

उनका अनुसार देशभर माओवादी केन्द्रको क्रियाशील सदस्य संख्या करिब ८ लाख पुग्ने अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार