२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले अध्यक्षमा पाँच जनाको नाम सिफारिस गरेकाे थियो ।

समितिले उम्मेदवारहरूको कार्यविधिको दफा ११ को खण्ड (क) र (ख) अनुसार मूल्यांकन गरेर दफा ९ बमोजिम वर्णानुक्रमका आधारमा डा. शर्मा, प्रा. डा. घनश्याम भट्टराई, प्रा. डा. महानन्द चालिसे, दुर्गाप्रसाद पाण्डे र प्रा. डा. शोभाखर कँडेलको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार