गृहपृष्ठ पुलिस र फ्रेण्ड्सले अंक बाढे
पुलिस र फ्रेण्ड्सले अंक बाढे
काठमाडौं, ९ पौष। गोल रहित बराबर खेल्दै नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको दोस्रो खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसकेपछि गोल रहित बराबर खेल्दै अंक बाढेका हुन् ।
बराबरपछि पुलिस ६ अंक सहित आठौं स्थानमा उक्लिएको छ । यता फ्रेन्ड्स भने ३ अंकसहित पुछार तथा रेलिगेसन जोनमै रहेको छ ।
आजनै भएको पहिलो खेलमा एपीएफ र एन आर टीले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दीपेश धिमाल र नवीन लामाले एक एक गोल गरे ।
एन आरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।
जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।





