२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ राजनीतिक दलले बालबालिकालाई प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित

राजनीतिक दलले बालबालिकालाई प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित

जाजरकोट,९ पुस। राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँगाउँमा पार्टी प्रवेश गराउनेदेखि विभिन्न राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ । ठूला दलको अधिवेशन चलिरहेको समयमा सबैभन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ ।

सभा, सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्याधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रमसमेत बालबालिकालाई प्रयोग गरिन थालिएको छ ।

दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ पार्टीको नेता सहभागी हुने कार्यक्रममा पनि बालबालिका तथा विद्यार्थीलाई समेत विद्यालयमा जम्मा गरेर विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाई प्रवेश गराएको अभिभावकहरूले गुनासो गर्न थालेका छन् ।

बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीतिमा लगाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका– ४ का सुरेन्द्र सिंहले बताए ।

‘पढ्ने, लेख्ने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई प्रयोग गरेर खण्डित गरी भविष्य बर्बाद गराउने काम हुनु गलत छ । यसको जती विरोध गरे पनि कम हुन्छ,’ उनले भने, ‘बालबालिका भनेका काँचो माटो हुन् । उनीहरूलाई जुन संस्कार दियो, सोहीअनुसारको चेतनामा वृद्धि हुन्छ ।’

विद्यालयका शिक्षकहरू समेत आफ्नो विचार मिल्ने दललाई सहयोग गर्न कार्यक्रममा विद्यार्थी पठाउने गरेको अभिभावकको गुनासो छ ।

आफ्ना छोराछोरीलाई देशविदेशका महंगो विद्यालयमा पढाउउने नेताहरूले जनताका छोराछोरीलाई भने राजनीतिक कार्यक्रममा समावेश गराएर उनीहरूको भविष्यमाथि खेलवाड गरेको नलगाड नगरपालिका–८ का नरबहादुर विकले बताए । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार