२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ लगइन एजुकेशन बुटवल गोलपार्कमा शिक्षक सेवा आयोग निमावि र प्रावि तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लगइन एजुकेशन बुटवल गोलपार्कमा शिक्षक सेवा आयोग निमावि र प्रावि तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल, १० पौष। लगइन एजुकेशन बुटवलमा शिक्षक सेवा आयोग तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षक सेवा आयोग पढ्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै गरिएको उक्त अभिमुखिकरण कार्यक्रममा शैक्षिक क्षेत्रका तथा निजामती क्षेत्रका कर्मचारीहरुको पनि उत्साहजनक उपस्थिति रहेको थियो । उहाँहरुले शिक्षक पेसामा राम्रो भविस्य रहेको तिब्र प्रतिस्पर्धा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुको निकै राम्रो उपस्थिती रहेको थियो ।

शिक्षक सेवा आयोग तयारीमा बसेका विद्यार्थीहरुको माग अनुरुप कार्यक्रम गरिएको र पौष ११ गतेबाट निरन्तर रुपमा तयारी कक्षाहरु सञ्चालन हुने कार्यक्रम संचालक गणेश भण्डारीले जानकारी दिए । लगइन एजुकेशनका सञ्चालक अर्जुन खनाल सभापतित्व रहेको कार्यक्रममा माया घिमिरेले अध्य्क्षता ग्रहण गर्नुभएको थियो । साथै संस्थाका सञ्चालक अर्जुन खनालले तयारीमा जुट्नुभएका विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै संस्थाबाट पाउने सेवा सुबिधाको कुनै पनि कमि नगराउने जानकारी दिएका थिए।

साथै संस्थामा अन्य कोर्सहरु लोकसेवा आयोग नासु खरिदार, बन रक्षक , राष्ट्रिय बाणिज्य बैंक , नेपाल राष्ट्र बैंक, अङ्ग्रेजी भाषा कक्षा, कम्प्युटर कक्षाहरु, IELTS, PTE लगायत सम्पुर्ण कोर्ष पनि पढाइ हुने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार