२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

बाजुरा, १९ पुस।  बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए ।

उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ ।

चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार