२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आन्दोलनमा उत्रिए विद्यार्थी भने विद्यार्थी लुट्न पाइदैन…

आन्दोलनमा उत्रिए विद्यार्थी भने विद्यार्थी लुट्न पाइदैन…

काठमाडौं, पुस २१ । काठमाडौं मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

विद्यार्थीहरुले कलेजले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।

लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आज माइतिघर मण्डलाबाट निकालिएको विद्यार्थीहरुको रयाली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो। काठमाडौं मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु अतिरिक्त शुल्क माग गरिएको भन्दै लामो समयदेखि आन्दोलित हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार