२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने तयारीमा नेकपा एमाले रुपन्देही

जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने तयारीमा नेकपा एमाले रुपन्देही

बुटवल, २० पुस । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि एकहजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनीत गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनीत
गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भैरहवाको गणतान्त्रिक सभाहलमा हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए ।

बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीतिलगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । त्यस्तै एमाले रुपन्देहीका इन्चार्ज भुमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए ।

पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–ईन्चार्ज दधिराम न्यौपाने , पोलिटब्युरो सदस्य खिमलाल भट्टराई , केन्द्रीय सदस्य सावित्रा अर्याल, गोमा देवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको वैठकले अधिवेशनको व्यवस्थापनका लागि एकसय जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार