गृहपृष्ठ सरकारी शिक्षकहरुलाई शिक्षक सेवा आयोगले दियो यस्तो खुसीको खबर
सरकारी शिक्षकहरुलाई शिक्षक सेवा आयोगले दियो यस्तो खुसीको खबर
काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो ।आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ ।
उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन् । आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।
यो पनि पढ्नुहोस्, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो ।
“कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्”, उहाँले भन्नुभयो ।परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको मन्त्रीलाई जानकारी गराउनुभयो । “जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनप¥यो”, मन्त्रीले भन्नुभयो ।
मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र नतिजा निकाल्ने बताउनुभयो ।उहाँले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीलाई ‘सिस्टम’ सिक्न एक वर्ष लाग्ने बताउनुभयो । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो ।









