२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ व्यापार संघमा सदस्य र सल्लाहकार चयन

व्यापार संघमा सदस्य र सल्लाहकार चयन

बुटवल । रुपन्देही व्यापार संघको आज बसेको बैठकले १७ जनालाई संघको सल्लाहाकार तथा कार्यसमिति सदस्यहरु मनोनित गरेको छ ।गत पुस १९ गते सम्पन्न संघको २० औ साधारणसभा तथा ११ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

संघको सल्लाहकारमा आनन्दप्रसाद रेग्मी, जोगलाल विश्वकर्मा, माधव नेपाल, तुल्सीराम बञ्जाडे, बालाराम भट्टराई, कृष्ण प्रसाद पाण्डे, सुरज पाण्डे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, खेमराज पुन, सूर्यबहादुर भटट्राई, ऋषिबहादुर भण्डारी, समुद्र जिसीलाई चयन गरेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

बैठकले संघको आर्थिक सल्लाहकारमा डा. ताराप्रसाद उपाध्याय, प्रेस सल्लाहकारमा सुमन अधिकारी, कानुनी सल्लाहकारमा लेखनाथ ढकाल र प्राविधिक सल्लाहकारमा ई. ज्ञानप्रसाद अर्याललाई चयन गरेको छ ।

यस्तै संघको मानार्थ सदस्यमा बैकुण्ठ कोइराला तथा सदस्यमा मिलन सुनार, पिताम्बर अर्याल, जयलाल न्यौपाने, खगुलाल गिरी र जिवनारायण घिमिरेलाई मनोनित गरेको छ । बैठकले संघको २ वर्षे रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठी आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार