गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस्
काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ८ हजार ४५४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९८ जना र ११ देखि २० वर्षका २६९ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १ हजार ८८९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १ हजार ४६२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ७८१, ५१ देखि ६० वर्षका ५६१ जना, ६१ देखि ७० का २९० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १५० जना रहेका छन् । ८० वर्षमाथिका ४७ जना संक्रमित भएका छन् । २४ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ९० हजार ६७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





