२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आजबाट यसकारण पाँच दिनका लागि विद्यालय खुल्ने

आजबाट यसकारण पाँच दिनका लागि विद्यालय खुल्ने

काठमाडौं, १५ माघ। विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो ।

साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठन पाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।

कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड-१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ । पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार