२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई गर्यो यस्तो अनुरोध

शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई गर्यो यस्तो अनुरोध

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने व्यक्तिलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जान अनुरोध गरेको छ ।

आयोगले आज शुक्रबार सूचना निकालेर यही चैत महिनामा हुन लागेका विभिन्न तहका शिक्षक पदका लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने जानकारी गराएको हो ।

आयोगले निकालेको सूचनामा परीक्षाका उम्मेदवारले प्रवेशपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान भनिएको छ । आयोगले यही चैत १५ गते माध्यमिक तहको, १७ गते निम्न माध्यमिक तहको, १९ गते प्राथमिक तहकोे र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दैछ ।

केही उम्मेदवारको प्रवेश पत्रमा परिचय विवरण प्रष्ट नभएको गुनासो आएकाले सबै परीक्षार्थीलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।

यस्तो छ सुचना : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार