गृहपृष्ठ त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यावस्थापन संकायले स्नातक तह Bachelor of Public Administration(BPA), Bachelor of Mountaineering Studies (BMS) र Bachelor of Business Administration finance (BBA-F) कार्यक्रमको परीक्षाफल प्रकाशन गरेको हो ।
संकायले २०७८ साल आश्विन महिनामा संचालन भएको परीक्षाको परीक्षाफल समितिको निर्णय अनुसार प्रकाशन गरेको हो । त्रिभुवन विश्वविद्यालय, व्यावस्थापन संकाय डीनको कार्यालय कीर्तिपुरले २०७८ आश्विन १५ देखि २०७८ आश्विन १९ गते सम्म उक्त परीक्षा सञ्चालन गरेको थियो ।
प्रकाशित सूचना अनुसार व्यावस्थापन संकाय परीक्षा सञ्चालन समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ । उक्त परीक्षाको प्राप्ताङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुर्नयोगका लागि निवेदन दिनुपर्नेछ ।
परीक्षफल सकेसम्म त्रुटीरहित प्रकाशन भएको छ । छपाई वा अन्य कारणले कुनै गल्ती भएमा यस संकायको मुल अभिलेख अनुसार सच्याईने सूचनामा उल्लेख छ ।
नतिजा हेर्नुहोस् :








