गृहपृष्ठ श्रीधरले गरे “आमा” गीत सार्बजनिक (भिडियोसहित )
श्रीधरले गरे “आमा” गीत सार्बजनिक (भिडियोसहित )
लामो समय देखि आफ्नै लोक गीतको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नै शब्द,सङ्गीत र आवाजमा रहेको “आमा” गीत बजारमा सार्बजनिक भएको छ । उनलाई सानो भाइ दिपेश पाठकले साथ दिएका छन् । सङ्गीत संयोजनको जिम्मेवारी दीपक श्रेष्ठले निर्वाह गरेका छन् । निहारीका फिल्मसको सहकार्यतामा निर्माण गरिएको उक्त गितको भिडियोलाई निर्देशन र सम्पादन श्रेष्ठले नै गरेका छन् भने छायांकन योगेश शाक्यको रहेको छ ।
आमाको भूमिकामा रन्जना ढकालको र छोराको भूमिकामा बाल कलाकर आदित्य बेल्बासे र अनुराग कंडेलको अभिनय रहेको छ। श्रीङ्गारमा मनु श्रेष्ठको ठुलो भुमिका रहेको छ। उक्त गीत गएक अधिकारीले आफ्नै युट्युब च्यानल श्री ईन्टरटेर्न्मेन्टबाट पोस्ट गरिएको छन् । उक्त भिडियोले धेरैको मन छुने विश्वास हामीले लिएका छौं। आमा प्रोजेक्टको सम्पुर्ण टिमलाई हाम्रो बधाई अनि शुभकामना।





