२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पिरतीको रोग लागेका लोक गायक पुरुषोत्तम गैरेलाई डाक्टरले अरुनै औषधी दिएपछि तनाबमा गैरे

पिरतीको रोग लागेका लोक गायक पुरुषोत्तम गैरेलाई डाक्टरले अरुनै औषधी दिएपछि तनाबमा गैरे

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा रमिरहेका लोक गायक अनि सर्जक पुरुषोत्तम गैरेको “रोगै पिरतीको” नामक गीत “सुलभ म्युजिक” युटुब च्यान्नलबाट बजारमा सार्बजनिक भएको छ । पछिल्लो समय लोकदोहोरी गीतको निकै बजारमा क्रेज रहेको त्यस संगै बजारमा उत्कृस्ट गीतहरु बजारमा आइरहेको बेला गैरेले पनि एक पछि अर्को गीत सार्बजनिक गरिरहेका छन् ।

पछिल्लो समय केहि भड्किला खालका गीतहरु पनि बजारमा आइरहेको बेलामा लोक सस्कृति जगेर्ना गर्ने खालको र हरेक लोकपारखी मनहरुलाई मनोरंजन दिने खालको गीत बजारमा ल्याएको उनले; बताए । लोक संगीत हाम्रो देशको गहना भएका कारण पनि यसलाई हामी सबै मिलि जगेर्ना गर्नुपर्ने उनको भनाइ रहेको छ । बिशेष त रोइला र ख्याली गीतहरुमा दक्खल राख्ने गैरेको लोकदोहोरीमा पनि उत्तिकै लगाब रहेको छ ।  “रोगै पिरतीको” गीत मायालु जोडीसंगै अन्य श्रोता दर्शकको मनमा बस्ने अपेक्ष्या उनले राखेका छन् ।

1 DB HD स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा शब्द बिमल पौडेलको रहेको छ, त्यस्तै पुरुषोत्तम गैरेले यस गीतको कम्पोजिसन गरेका छन् । गीत एरेन्ज कृष्ण विक”भान्जा”ले गरेका छन् भने मिक्सिंग एचबिएन किस्मतले गरेका हुन् । यस म्युजिक भिडियोमा अर्जुन गौतम,प्रमिसा बश्याल र अर्जुन न्यौपानेको अभिनय रहेको यो गीतलाई अहिलेका ब्यस्त निर्देशक कजिस श्रेस्ठको निर्देशन गरेका छन्, गीतलाई राजेश घिमीरेले छायांकन र दिपक बिस्टले सम्पादन गरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार