२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सर्जक सुमन ढकालको ” चकचके माया ” बजारमा सार्बजनिक ( भिडियोसहित )

सर्जक सुमन ढकालको ” चकचके माया ” बजारमा सार्बजनिक ( भिडियोसहित )

बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ । बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द कोरेका हुन् । गीत फरक शैलीमा बनेको छ ।

दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएका छन् । फुल बसाको चक्चके मायाले कति हसाको गीतमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ । तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर गरेका छन् भने निशान एस केले निर्देशन गरेका छन् । भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट आज देशभर सार्वजनिक भएको छ । सम्पूर्ण टिमलाई गीत सफलताको शुभकामना ।

गीतको पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार